
बाजुरा । बाजुरा जिल्लास्थित बडिमालिका मन्दिर दर्शनका लागि जाने क्रममा बिरामी भएका दुईजनालाई हेलिकोप्टरबाट उद्दार गरिएको छ ।
नेपाली सेनाको हेलिकोप्टरले उनीहरूलाई उद्दार गरेको हो ।
कालिकोट कलपा गाउँपालिका-१ का ३९ वर्षिय धनप्रसाद न्यौपाने बडिमालिका मन्दिर दर्शन गर्ने जाने क्रममा अचेत अवस्थामा त्रिवेणी पाटनस्थित खोलामा भेटिएका थिए ।
साथै सोही मन्दिर दर्शनको क्रममा बिरामी परेकी बझाङ जयपृथ्वी नगरपालिका-९ की ६५ वर्षिय झुपुदेवी धामीलाई सेनाको हेलिकप्टरले उद्दार गरेको हो ।
न्यौपानेलाई नेपाली सेनाद्वारा संचालित स्वास्थ्य शिविरमा लगि प्राथमिक उपचार गरिए पश्चात थप उपचारको हेलिकोप्टर मार्फत क्षेत्रीय अस्पताल सुर्खेत लगिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
त्यस्तै धामीलाई उद्दार गरी जिल्ला अस्पताल बाजुरा पुर्याईएको नेपाली सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।