
काठमाडौं । बैंकिङ कसूर मुद्दामा प्रहरीले एकजना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिकापा-२ स्थाई घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका-१० बस्ने वर्ष ३८ को सन्तोष घले रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज दिउँसो छाउनीबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले बताए ।
रेग्मीका अनुसार घलेलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर नियन्त्रणमा लिइएको हो ।
उनलाई आवश्यक कारवाही तथा अनुसन्धानको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको जनाइएको छ ।