
गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाको परिसरमा फेला परेको शङ्कास्पद बस्तुलाई निष्क्रिय पारिएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले प्रहरी कार्यालय परिसरमा बिहीबार फेला परेको उक्त शङ्कास्पद बस्तुलाई निष्क्रिय पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
शङ्कास्पद बस्तु कसले राखेको हो भन्ने खुलेको छैन ।