झापा । नेपाल भारत सीमा झापाको काँकडभिट्टामा एक युवा अवैध लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
आज साँझ ५:३० बजे मेचीनगर नगरपालिका-६ मा रहेको पुरानो मेचीपुल अगाडी भारतबाट नेपालतर्फ पैदलयात्रा गर्दै आइरहेका एक युवकको साथबाट खैरो हेरोइन बरामद भएको हो ।
पक्राउ पर्नेमा दमक नगरपालिका-९ बस्ने वर्ष ३० को रमेश सिवा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र प्रसाद रिजालले बताए ।
उनलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ पैदलयात्रा गर्दै आइरहेका सिवालाई शंका लागी चेक जाँच गर्दा प्रतिबन्धित लागुऔषध खैरो हेरोईन २ ग्राम ५०० मिलिग्राम फेला परेको डिएसपी रिजालले बताए ।
पक्राउ परेका व्यक्तिलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।