
सैनामैना । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका-१० सालझण्डी बजारबाट लागुऔषध खैरो हिरोइन दुई हजार ५६० मिलिग्रामसहित चार युवा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कञ्चन गाउँपालिका-५ बस्ने बर्ष १८ को प्रतिक थापा, सैनामैना -१० बस्ने बर्ष २६ को पट भन्ने सुनिल थारू, सोही स्थान बस्ने बर्ष २८ को जिसस भन्ने जित बहादुर दर्लामी र बर्ष २५ को डि के भन्ने दिनेश कुमार पुन रहेको प्रहरी निरीक्षक ईश्वर बहादुर थापाले बताए ।
सालझण्डी बजार स्थित ड्याम साईडमा ३२ पुरियामा राखिएको उक्त परिमाणको खैरो हेरोईन सहित उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाउपर लागुऔषध कारोबारमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।