पोखरा । कास्कीको पोखरा महानगरपालिका -२३ हर्पनमा चट्याङ लागेर एक व्यक्तिको निधन भएको छ ।
शनिबार (हिजो) राती ११:३० बजे पोखरा महानगरपालिका-२३ हर्पनमा बस्ने बर्ष ४९ का देब बहादुर बि.क. आफ्नै ढुङ्गा माटोले बनेको १ तले कच्ची घरको ढोका लगाउने क्रममा चट्याङमा लागेर घाइते भएका थिए ।
घाइते भएका बि.क.लाई अस्थायी प्रहरी पोष्ट बाम्दीबाट खटिएको प्रहरी टोलीले उपचारको लागी मेट्रोसिटी अस्पताल पठाएको थियो ।
उनको उपचारको क्रममा अस्पतालमा आज बिहान २:२० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार वि.क.ले बताए ।