पोखरा । पोखरामा दुईजनाको साथबाट प्रहरीले लागूऔषध बरामद गरेको छ । एक विदेशी नागरिक सहित दुई जनाको साथबाट बुधबार दिउँसो प्रहरीले लागूऔषध एलएसडी र एम्फेटामाईन बरामद गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा चेक रिपब्लिकबाट जारी भएको राहदानीबाहक ३२ वर्षीया मार्टीना सेरना र मोरङ बिराटनगर महानगर-१२ घर भएका २६ वर्षका राज गौतम रहेका छन् ।
लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ तथा लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लेकसाईडबाट पक्राउ गरेको हो ।
पक्राउ परेकाको साथबाट प्रहरीले २६ पिस एलएसडी, आईस जस्तो देखिने (एम्फेटामाईन) ४०० मिलिग्राम बरामद गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार वि.क.ले केटिएम दैनिकलाई बताए ।
उनीहरूलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।