दाङ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका-३ स्थित लाहुरे चौरमा आज दिउँसो भएको सडक दुर्घटनामा एक जनाको निधन भएको छ ।
रा.१ ज ५५६ नम्बरको पिकअप सडकबाट करिब १ सय मिटर तल खोल्सामा खस्दा चालक रोल्पा गंगादेव गाउँपालिका-१ ओत बस्ने ४० वर्षीय बिष्णु पुन मगरको निधन भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनमा घाइते भएका पिकअपमा सवारमध्ये ६ जनाको नर्सिङहोम नेपालगंज र ३ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।