काभ्रे । धुलिखेल नगरपालिका-१ बुद्धपार्क घाटमा जलाउँदै गरेको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार बेलुका स्थानीय कुमार तामाङको श्रीमती ४१ वर्षीया प्रमिला तामाङको ८० प्रतिशत जलेको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।
तामाङले आफनै घरको फलामको ट्रस्टमा नाम्लोको पासो लगाई आत्महत्या गरेकी थिइन् । आफन्तले उनलाई देखेपछि पासो काटेर बुद्वपार्क घाटमा ल्याई जलाईरहेको अवस्थामा प्रहरीले शव नियन्त्रणमा लिएको हो ।
मृतक तामाङले लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरेको बुझिएको प्रहरीले जनाएको छ ।
जलिरहेको शव नियन्त्रणमा लिनको लागि इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा १४ जनाको टोली खटिएको र राति मुचुल्कापश्चात शव पोस्टमार्टमको जालि धुलिखेल अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।