काठमाडौं। माल्दिभ्समा जारी फाइभ नेशन्स पुरुष बास्केटबल च्याम्पियनसीपमा नेपालले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गरेको छ ।
मालेमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई ६६-६२ ले पराजित गर्दै विजयी भएको हो । यस जीतसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवित रहेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल भूटानसँग पराजित भएको थियो । नेपालले आगामी असार २ गते बङ्गलादेशसँग तेस्रो खेल खेल्नेछ ।
प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बङ्गलादेश, भूटान र पाकिस्तानको सहभागिता रहेको छ ।