सिन्धुली । केही समयदेखि मामाघरमा बस्दै आएका एक बालकको खोलामा डुबेर निधन भएको छ ।
जिल्लाको दुधौली नगरपालिका-१ डाँडाटोलमा रहेको मामाघर बस्दै आएको अनिश भुजेलका ६ वर्षीया छोरा मनिष भुजेलको शव खोला किनारामा भेटिएको हो ।
काभ्रे घरमा भएका भुजेल विगत एक महिनादेखि मामाघरमा बस्दै आएका थिए ।
बुधबार बेलुका घरमा नभेटिएपछि खोजतलास गर्ने क्रममा घरनजिकै रहेको बिचित्र खोलाको ढुग्रेदहमा उनको शव भेटिएको हो ।
बालकको शव घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरञ्जिवी दाहालले केटिएम दैनिकलाई बताए ।