तानसेन । पाल्पाको बगनासकाली गाउँपालिका-९ फक्टुङमा लिची टिप्न रुखमा चढेको बेला त्यहाँबाट खसेर एक महिलाको निधन भएको छ ।
आफ्नै बारीमा रहेको लिचीको रुखमा चढी लिची टिप्ने क्रममा अचानक रुखबाट लडेर घाइते भएकी स्थानीय ४५ वर्षीया धना खाँणको उपचारको क्रममा निधन भएको हो ।
सोमबार दिउँसो उनी लिची टिप्न रुखमा चढेकी थिइन् । रुखबाट लडेर घाइते भएकी खाँणलाई उनका श्रीमान् ज्ञान बहादुर खाँणले लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा लगेका थिए ।
घाइते महिलाको सोही अस्पतालमा उपचारको क्रममा हिजो बेलुका निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले केटिएम दैनिकलाई बताए ।
मृतकको शव पोस्टमार्टमको लागी जिल्ला अस्पताल पाल्पा लगिएको डिएसपी थापाले बताए ।