भरतपुर । चितवनको भरतपुर महानगरपालिका-२३ मा रहेको हरियाली सामुदायिक वनमा गैँडाको आक्रमणबाट एक व्यक्तिको निधन भएको छ ।
आइतबार बेलुका सामुदायिक वनमा निहुरो टिप्न गएका स्थानीय ६० वर्षीय झन्डिल बोटेको गैँडाको आक्रमणबाट निधन भएको हो ।
निहुरो टिप्ने क्रममा अचानक गैँडाले आक्रमण गर्दा उनको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गितानगरबाट टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको शव हिजो राती पोस्टमार्टमको लागि जिल्ला अस्पताल भरतपुरमा लगिएको प्रहरीले जनाएको छ ।