धादिङ । खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको निधन भएको छ ।
जिल्लाको गजुरी गाउपालिका-५ घाटबेशी बस्ने बस्ने बर्ष-१७ को सुशिल श्रेष्ठ आइतबार बेलुका थोपल खोलामा पौडी खेल्ने क्रममा डुबेर अचेत भएका थिए ।
घाइते श्रेष्ठलाई खोलाबाट उद्दार गरी उपचारको लागि जिल्ला अस्पतालमा लगिएकोमा अस्तालमा निधन भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए ।
मृतक श्रेष्ठको हिजै मुचुल्का पश्चात लास पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको डिएसपी जैसवारले जानकारी दिए ।