नुवाकोट । नुवाकोटको तादी गाउँपालिका-४ मा निर्माणाधीन शिव मन्दिरमा बिजुलीको काम गर्दा करेन्ट लागेर घाइते दुईमध्ये एकको निधन भएको छ ।
शनिवार दिउँसो मन्दिरमा बिजुलीको काम गर्दै गर्दा करेन्ट लागेर स्थानीय सुमन तामाङ र सरोज मिजार घाइते भएका थिए ।
घाइतेलाई उपचारको लागि स्थानीय दुप्चेश्वर अस्पताल लगिएकोमा त्यहाँ सम्भव नभएपछि थप उपचारको लागि जिल्ला अस्पताल त्रिसुली लगिएको थियो । उपचारकै क्रममा शनिवार बेलुका २१ वर्षीय तामाङको निधन भएको हो ।
अर्का घाइते १८ वर्षीय मिजारको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काले केटिएम दैनिकलाई बताए ।