कास्की । गर्मी छल्नको लागी स्विमिङ पुलमा पौडी खेल्न गएका बालकको डुबेर निधन भएको छ ।
पोखरा महानगरपालिका-१६ बाटुलेचौरमा मोहनदत्त पोख्रेलले सञ्चालन गरेको स्विमिङ पुलमा शनिवार पौडी खेल्न गएका एक १० वर्षीय बालकको डुबेर निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निधन हुनेमा सोही महानगर-८ आलुमाईला चौक बस्ने ऐनक्स थापा रहेका छन् ।
पौडी खेल्ने क्रममा डुबेर घाइते भएका थापाको दिप अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको हो ।
घटनास्थलमा प्रहरी निरीक्षकको कमान्डमा १० जनाको टोली खटिएर घटनाको बारेमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना शाखाले जनाएको छ ।