तानसेन । पाल्पामा आज दिउँसो भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा कारमा सवार दुई व्यक्ति घाइते भएका छन् ।
तानसेनबाट बुटवलतर्फ जाँदै गरेको यूपी४२ बीएम १९७३ नम्बरको भारतीय नम्बर प्लेटको कार सडकबाट अन्दाजी १०० मिटर तल तिनाउ खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी वीरेन्द्र थापाले बताए ।
उक्त दुर्घटनामा परेर उत्तर प्रदेश अयोध्या जिल्ला बस्ने वर्ष ३६ को विनोद वर्मा र सोही स्थानमा बस्ने वर्ष ४२ को ऋषिकेश सिंह घाइते भएका छन् ।
दुवै घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार जारी रहेको डिएसपी थापाले बताए ।