
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगिताअन्तर्गत फ्रेन्ड्स क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा फ्रेन्ड्सले एपीएफ क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो। फ्रेन्ड्सको जीतमा टोरिक जेब्रिन, विकास थापा, राफिक अमिनु र अखरबेक उक्तामोभले एक/एक गोल गरे ।
खेलको १५औं मिनेटमा फ्रिकिकमार्फत जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए । त्यस्तै, खेलको ३१औं मिनेटमा विकासले गोल गर्दै फ्रेन्ड्सलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ७२औं मिनेटमा अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई ३-० को अग्रता दिलाए ।
खेलको ८२औं मिनेटमा उक्तामोभले गोल गर्दै फ्रेन्ड्सलाई ४-० को जीत दिलाए । यस जीतसँगै रेलिगेसनबाट बचेको फ्रेन्ड्सले २६ खेलमा ३० अङ्क जोडेको छ । पराजित एपिएफको रेलिगेसनको खतरा कायम छ ।
एपिएफले २६ खेलमा ३० अङ्क जोडेको छ । यस जीतसँगै फ्रेन्ड्सको २६ खेलबाट ३० अङ्क पुगेको छ । पराजित एपिएफको भने रेलिगेसनको खतरा कायम छ । समान ३० अङ्क रहेको एपिएफ हेड टु हेडमा फ्रेन्ड्सभन्दा पछि छ ।