काठमाडौँ । आन्तरिक द्वन्द्वमा फसेको सुडानको शान्ति मिसनमा रहेका नेपाली सुरक्षा अधिकारीहरु सबै सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।
सो मिसनमा नेपाली सेनाका लागि दुई जना, नेपाल प्रहरीका तीन जना र सशस्त्र प्रहरीका एकजना अधिकारी छन् । उनीहरु हाल सुरक्षित रहेका नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
ती अधिकारीमध्ये सुरक्षित गन्तव्यका लागि दुईजना सुडानको छिमेकी देश चाड, एकजना पोर्ट सुडान र एकजना साउथ सुडानतर्फ सडकमार्ग हुँदै पुगेका उनले जानकारी दिए।