रामपुर । पाल्पाको तिनाउ गाउँपालिका-३ फुलगैरास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट स्कूटर चालकको मृत्यु भएको छ ।
गुल्मीबाट आज बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नं.को बसले सोही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नं.को स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक बगनासकाली गाउँपालिका-४ का ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बसको ठक्करबाट घाइते न्यौपानेको प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । बस र चालकलाई नियन्त्रणमा लिई अहिले घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।