काठमाडौं । एक युवतीले मैले प्रयोग गर्दै आइरहेको मोबाईल फोन हरायो । उक्त मोबाइल फोनमा विभिन्न सामाजिक संजालका प्रोफ़ाइलहरू पनि लगइन अवस्थामै रहेको थियो ।
मोबाइल भेट्याउने व्यक्तिले युवतीको प्रोफाइलबाट पीडित युवतीको सहोदर दाजु लगायत विभिन्न व्यक्तिहरूलाई यौनजन्य भिडियो पठाउने गरे ।
आफ्नो फेसबुकबाट विभिन्न व्यक्तिहरूलाई यौनजन्य भिडियो म्यासेजमा गएको थाहा पाएपछि युवतीले आफ्नो मान -प्रतिष्ठा तथा चरित्रहत्या गरेको भन्दै साइबर ब्यूरोमा उजुरी दिइन् ।
प्रहरीले प्राविधिक विश्लेषण तथा अनुसन्धान र ह्युमन ईन्टेलिजेन्सको माध्यमद्वारा उक्त कार्य गर्ने जिल्ला रोल्पाको सुनिल स्मृति गाउँपालिका-५ घर भएका वर्ष २२ को ओम प्रकाश महरा रहेको पत्ता लगायो ।
महरालाई बैशाख ४ गते रोल्पाबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसुरमा बैशाख ५ गतेदेखि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायले बताए ।