कास्की । पोखराबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
कास्की पोखरा महानगरपालिका-९ चिप्लेढुङ्गाको एक होटलबाट तालचोक बस्ने वर्ष ३२ की रमा माया कुमाल र भारतको पश्चिम बंगाल जिल्ला मुर्सिदावाल बासगरा पोष्ट थाना लालगोडा बस्ने वर्ष ३७ को अनारुल ईस्लाम पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट ब्राउन सुगर ३३ ग्राम, डिजिटल तराजु १ थान र मोवाईल थान २ बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवण कुमार वि.क.ले बताए ।
पक्राउ परेका दुईजनालाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको डिएसपी वि.क.ले जनाए ।