
जनकपुर । ट्रकमा फल्स बटम बनाएर १२ बोरा गाँजा लिएर हिडिँरहेको अवस्थामा प्रहरीले एक ट्रक चालकलाई पक्राउ परेका छन् ।
आज दिउँसो ३:३० बजे ढल्केवर जनकपुर सडक खण्डमा ना. ७ ख. ४२५१ नम्बरको ट्रक माथी शंका लागि चेक जाँच गर्दा उक्त ट्रकमा गाँजा भेटिएको हो ।
ट्रक भित्र फल्स वटम बनाई लुकाई छिपाई राखेको अवस्थामा १२ वटा पोकामा १२४ के.जी. लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वेद प्रसाद गौतमले बताए ।
प्रहरीले बरामद गाँजा, ट्रक र ट्रक चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका-०९ वस्ने वर्ष ५१ को सन्त विर दोङलाई नियन्त्रणमा लिएको छ ।