काठमाडौं । अध्ययनको सिलसिलामा विदेश गएकी महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको धनपालथान गाउँपालिका-४ कर्सिया बस्ने बर्ष २२ को दिपेश लोहनी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनले जनाएको छ।
लोहनीले ती महिलालाई दैनिक फोन म्यासेज गरी विभिन्न किसिमको धाक धम्की दिने र उनको फेसबुक आईडी समेत ह्याक गरी अश्लिल फोटो तथा भिडियोहरु पिडितका आफन्तलाई पठाइदिने अनुसन्धानको क्रममा खुलेका कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले केटिएम दैनिकलाई बताए ।
पक्राउ परेका लोहनीलाई विद्युतिय कारोबार ऐन अन्तर्गतको कसूरमा थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँ पठाईएको एसपी रेग्मीले बताए ।