काठमाडौँ । नेपालमा थप २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ४२९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट ९ जनामा संक्रमण पुष्टि भएको हो ।
यो तथ्याङ्क गत दुई दिनमा प्राप्त एकमुष्ट विवरण हो । यही अवधिमा थप ३ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै, २८ हजार ९१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट १२ हजार २० जनाको मृत्यु भइसकेको छ । नेपालमा पछिल्लो केहि दिनयता कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।
हिजो (सोमबार) ६९ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।