चितवन । आज दिउँसो चितवनमा ट्रकको ठक्करबाट स्कुटर चालकको निधन भएको छ ।
जिल्लाको खैरहनी नगरपालिका-९ सिमलटाडी चोकस्थित सडकमा मधेश प्रदेश ०३- ८६०० नम्बरको ट्रकले ना.२१ प ६९३८ नम्बरको स्कुटरलाई आज दिउँसो ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा स्कुटर चालक राप्ती नगरपालिका-६ बस्ने ५६ वर्षीय नेटरी महतोको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।