दोलखा । दोलखामा पेट्रोल सेबन गर्दा २१ महिनाको बालकको निधन भएको छ ।
जिल्लाको कालिन्चोक गाउपालिका-३ सिंगटी बजारमा सुन्द्रावती ईलेक्ट्रीकल एण्ड कार्पेट सेन्टर पसल गरी बस्ने मुरारी सेढाइको छोरा २१ महिनाको सक्षम सेढाइले आफ्नै पसलमा रहेको पेट्रोल सेवन गरी बेहोस भएका थिए ।
बेहोस भएका नाबालाको उपचारकोलागि भिमेश्वर अस्पतालमा बुधबार दिउँसो निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
मृतक बालकको पोस्टमार्टमपश्चात शव आफन्तलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।