सिन्धुली । कारको ठक्करबाट घाइते बालिकाको उपचारको क्रममा निधन भएको छ ।
चैत ४ गते बेलुका मदन-भण्डारी राजमार्गमा सिन्धुलीबाट कटारीतर्फ जाँदै गरेको बा.१५.च.९२३८ नं. को कारले जिल्ला सिन्धुली कमलामाई नगरपालिका-९ बस्ने गोपाल गुवाजुको छोरी अन्दाजी वर्ष १० की विपाशा गुवाजुलाई ठक्कर दिएको थियो ।
बाटो काट्ने क्रममा कारको ठक्करबाट घाइते भएकी बालिको सिन्धुली जिल्ला अस्पतालमा सामान्य उपचार पस्चात थप उपचारको लागी न्युरो अस्पताल वासबारीमा ल्याइएकोमा आज बिहान १०:४० बजे चिकित्सकले मृत घोषित गरेका हुन् ।
बालिकालाई ठक्कर दिने कार र उक्त कारका चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले केटिएम दैनिकलाई बताए ।