धादिङ । धादिङमा चट्याङ लागेर एक घर पूर्णरुपमा जलेको छ ।
जिल्लाको गंगाजमुना गाउपालिका-४ इन्दु बस्ने चुडा बहादुर घले र राम बहादुर घलेको ढुङ्गा माटोले बनेको २ तले घर चट्याङ परेर पूर्णरुपमा जलेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आइतबार बेलुका ६:०० बजे अचालक चट्याङ परेर आगलागी हुँदा घर भित्र रहेको अन्नपात, लत्ताकपडा लगायतका सर समानहरु जलेका छन् ।
उक्त घटनामा मानविय तथा चौपाया क्षती भएको छैन ।