
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले यो पटक सरकारमा यसअघि अवसर नपाएकालाई स्थान दिनुपर्ने बताएका छन् ।
उपराष्ट्रपति निर्वाचनमा खसालेपछि सञ्चारकर्मीहरुसँग कुरागर्दै उनले सरकारमा जानेहरुमा नयाँ जोश र उत्साह बोकेका मानिसले अवसर पाउनु पर्ने बताए ।
अब सरकारमा जानेले राष्ट्रहीतका लागि आवश्यक आँट प्रर्दशन गर्न सक्नुपर्ने बताएका थापाले भने, यो पटक मन्त्री भएर जाने प्रत्येकलाई डर हुनुपर्छ, मैले परिणाम दिन सकेन भने मलाई ठूलो राजनीतिक क्षति हुन्छ ।
प्रधानमन्त्रीलाई पनि हुनुपर्छ । सबैलाई डर भयो भने मन्त्री परिषद्लाई पनि एउटा डर हुन्छ । डर परिणामसँग हुन्छ र त्यसले एउटा ठूलो राजनीतिक जवाफदेहिताको काम गर्छ ।
उनले सकेसम्म सबै दलहरुलाई समेटेर सरकार निमार्ण गर्ने विषयमा नेपाली कांग्रेस सकारात्मक रहेको बताए ।
उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनका ठूला चार दलले समर्थन गरेका जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव निर्वाचित भएका छन् ।