नेपालगञ्ज । कर्तव्य ज्यान मुद्दामा फरार दुई जनालाई आज जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ का ५९ वर्षीय भगवान्द्दिन पासी र सोही ठाउँ बस्ने ७१ वर्षीय खेलावन पासीलाई प्रहरीले पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएका भगवान्द्दिन र सात वर्ष छ महिना कैद सजाय तोकिएका खेलावन हालसम्म फरार रहेका थिए ।
पक्राउ परेका दुवै जनालाई बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।