हेटौँडा । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ ।
बागमती प्रदेश सभाको पहिलो अधिवेशनको दशौं बैठक अपरान्ह २:१० बजेका लागि बोलाइएको हो । सम्भावित कार्यसूची अनुसार यसअघिका सरकारबाट जारी भएका अध्यादेशहरुको प्रतिस्थापन विधेयक पेश हुने सम्भावित कार्यसूची छ ।
सचिवालयका अनुसार निजामती कर्मचारीसँग सम्बन्धित दुई अध्यादेशको प्रतिस्थापन विधेयक आजको बैठकमा पेश हुनेछ । यस्तै, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ संशोधन सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पनि पेश गर्ने कार्यसूची रहेको जनाइएको छ ।