मकवानपुर । मकवानपुरमा हिजो (शुक्रबार) ट्रकको ठक्करबाट स्कुटर चालकको निधन भएको छ । जिल्लाको मनहरी गा.पा.-६ रामडाडाँमा शुक्रबार साँझ डिब्बा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार चितवनबाट मनहरी आउदै गरेको ना ५ ख ३५५७ नं.को डिब्बा ट्रकले बिपरित दिशाबाट जादै गरेको ग१५प ३९६९ नं.को स्कुटरलाई ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा स्कुटर चालक कास्कीको निर्मलपोखरी-२ बस्ने बर्ष ३७/३८ कि अमृता परियारको घटना स्थलमा नै निधन भएको प्रहरी निरीक्षक घिमिरेले बताए ।