सिन्धुलीमा छिमेकीको विवाहमा जन्ती गएर फर्किँदा गर्दा भीरबाट लडेर एक पुरुषको निधन भएको छ ।
जिल्लाको गोलन्जोर गाउँपालिका-३ सान्ने बस्ने वर्ष ६७ को कृष्ण बहादुर थापा मगर मगरको भीरबाट लडेर हिजो (शुक्रवार) साँझ निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार घरदेखि अन्दाजी २ किलोमिटर पूर्व दक्षिण कच्ची सडक भन्दा तल शुक्रवार साँझ ६:०० बजे उनको शव भेटिएको हो । आज बिहान घटनास्थलमा इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी टोली पुगेको छ ।
त्यस्तै मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-२ मा छिमेकीको विवाहमा सहभागी भएर घर फर्कने क्रममा भीरबाट लडेर एक पुरुष मृत फेला परेका छन् । मकवानपुर प्रहरीले दिएको जानकारी अनुसार वर्ष ५३ को तिर्थ लामा छिमेकीको बिहेमा भएर घर फर्किने क्रममा भीरबाट अन्दाजी ४० मिटर तल खसेका थिए ।
त्यस्तै दोलखामा छिमेकीको पूजामा सहभागी हुन पुगेका एक व्यक्तिको भीरबाट लडेर निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाले दिएको जानकारी अनुसार कालिन्चोक गाउँपालिका-६ तल्लो टोल बस्ने वर्ष ५१ को लीला बहादुर सुनुवार बिहीबारदेखि हराइरहेकोमा आफन्तले खोजी गर्दा हिजो (शुक्रवार) बिहान ११:३० बजे उनको शव फेला परेको हो ।
घरदेखि अन्दाजी ३०० मिटर पश्चिम ओखलढुंगे भिरबाट लडेर मृत अवस्थामा उनको शव फेला परेको हो ।