सुर्खेत । लेकबेशी नगरपालिका-५ स्थित राष्ट्रिय चौफारी डाँडा जंगलमा ढुङ्गाको ओढारबाट प्रहरीले पाँच नाल भरुवा बन्दुक बरामद गरेको छ ।
प्रहरीले नियमित गस्ती गर्ने क्रममा माथिल्लो खल्टाकुरा राष्ट्रिय चौफारी डाँडा जंगलमा ढुङ्गाको ओढारमा लुकाई छिपाई राखिएको अवस्थामा बन्दुक फेला पारिएको जनाएकाे हो । सबै बन्दुकहरु प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।