
पाकिस्तानी राष्ट्रिय क्रिकेट टीमका ओपनिङ ब्याट्सम्यान मोहम्मद रिजवानले नेपाल आएर सन्दीप लामिछानेसँग भेट गरेका छन् । नेपाली टीमलाई राखिएको होटलमा रिजवान सन्दीपबीच भेट भएको हो ।
स्रोतका अनुसार टीम म्यानेजर तलाह माेहम्मदलाई लिएर रिजावान आइतबार नेपाल आएका हुन् । सन्दीपलाई भेटेपश्चात उनीहरू आज १२ बजे स्वदेश फर्किँदैछन् । रिजवानले सन्दीपलाई आफूलाई मानसिकरूपमा बलियो बनाउन सल्लाह दिएका थिए ।
‘सन्दीपलाई मनोबल कमजोर नबनाउन र सत्यमा विश्वास राख्न उहाँहरूले सल्लाह दिनुभयो, पाकिस्तानदेखि आएर उनीहरूले भेट्दा सन्दीप खुशी देखिएका थिए ।’ स्रोतले भन्यो ।
अर्का क्रिकेटर सलाहले भने यसअघि जेलमा पनि सन्दीपलाई भेटेका थिए । सुन्धारास्थित केन्द्रीय कारागारमा रहँदा उनले सन्दीपलाई भेटेर गएको स्रोतको भनाई छ । सलाहले नै रिजवानलाई लिएर आएका हुन् ।