
महोत्तरी । जिल्लाको लोहारपट्टी नगरपालिका–५ डठौरा गाउँबाट शनिबारदेखि बेपत्ता बनेकी एक बालिका मृतावस्थामा भेटिएकी छन् ।
हराएकी बालिकाको शव आइतबार पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले बताए । स्थानीय अरुण दासकी छोरी चार वर्षीया अंशुकुमारीको शव आज बिहान १० बजे आफ्नै घर पछाडि रहेको पोखरीमा डुबेको अवस्थमा फेला परेको उनले जानकारी दिए ।
उनी शनिबार खेल्दाखेल्दै घरबाट हराएकी थिइन् । उनलाई परिवारजन, इष्टमित्र, आफन्तजन र प्रहरीले शनिबार दिनभरि र रातभरि सबैतिर खोजतलाश गरिसक्दा पनि फेला फेला पारेका थिएनन् ।
आज उनको शव आफ्नै घर पछाडि रहेको पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो ।