माघी महोत्सव मनाइरहेका बेला हाइड्रोजन ग्यासको सिलिन्डर पड्किँदा कपिलवस्तुमा एक जनाको ज्यान गएको छ।
बेलुनमा भर्ने हाइड्रोजन ग्यासको सिलिन्डर पड्किएर विस्फोट हुँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरिका अनुसार जिल्लाको वाणगंगा नगरपालिका-९ कपिलधामस्थित माघी मेलामा बेलुनमा हावा भर्ने क्रममा ग्याँस सिलिण्डर पड्किएर सोही नगरपालिका-८ बालापुर बस्ने ६५ वर्षीय नासिर मोहमदको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
घाइते भएका उनकै छोरा २५ वर्षीय साहिल पाकियालाई उपचारको लागि सामुदायिक अस्पताल ४ नम्बरमातर्फ पठाइएको छ ।