नेपाली सेनाले संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि कंगोमा सेनाको अदलीबदली गरेको छ ।
शनिबार (हिजो) कंगोमा तैनाथ फौजलाई बदली गर्नको लागि २६७ जना शान्ति सैनिकहरु सेनानी कमल थापाको नेतृत्वमा नेपाल एयरलाइन्सको विमानबाट काठमाडौंबाट मिसनतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
त्यहाँ रहेका २५५ जना शान्ति सैनिकहरु प्रमुख सेनानी बसन्त बहादुर गौतमको नेतृत्वमा भोली (सोमबार) सोही बिमानबाट काठमाडौं आइपुग्नेछन् ।
हाल कंगोमा तैनाथ नेपाली सेनाका ३ युनिटहरुमा एक हजार १२६ जना सकलदर्जाहरुका साथै स्टाफ तथा अब्जर्भर नियुक्तिहरुमा समेत फौजहरुको सहभागिता रहेको निर्देशनालयले जनाएको छ ।