मकवानपुरबाट ठूलो परिमाणमा लागु औषधसहित एक व्यक्ति पक्राउ परेका छन् । ३३४ बोतल “ONEREX” सहित एक व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार बेलुका बिशेष सुचनाको आधारमा जिप्रका मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका- १० स्थित बसपार्कको भित्री सडक खण्डमा आफ्नै घरमा लुकाएको अवस्थामा ३३४ बोतल लागुऔषधसहित नरेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।