कञ्चनपुरमा आफ्नै नाबालिका छोरीलाई करणी गरेको आरोपमा सहोदर बाबु पक्राउ परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका-१ बस्ने २७ वर्षीय बब्लु सुनारले आफ्नी १० वर्षीया छोरीलाई करणी गरेको आरोपमा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरतराज गिरीका अनुसार घटना हिजो मङ्गलवार राती १० बजे आसपासको हो ।
उनलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ। बालिकाको आमाले दोस्रो विवाह गरेकी छन् । नाबालिका भने बुवा र हजुरआमासँगै बस्दै आएकी थिइन् । प्रहरीका अनुसार बाबुले मापसे सेवन गरेको देखिएको छ ।
हजुरआमाले प्रहरीमा उजुरी दिएपछि सुनार पक्राउ परेको प्रहरी निरीक्षक गिरीले केटिएम दैनिकलाई बताए ।