बारा जिल्लामा नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मर नै चोरी भएको छ । जिल्लाको प्रसौनी गाउँपालिका-७ बलुवा टोलस्थित नेपाल विधुत प्राधिकरणको राजदिप ट्युबेलमा जडान भएको करिब ४ लाख रुपैयाँ मूल्य बराबरको ५० केभीए ट्रान्सफरमर गएराति चोरी भएको हो ।
अज्ञात व्यक्तिले पोलबाट खोली उक्त ट्रान्सफरमरभित्र रहेको सामानहरु चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट ईनर्वासिराबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।
धनगढीमा सहकारीको सेफबाट नगद चोरी
कैलालीको धनगढी उपमहानगरपालिका-१९ पच्चीस घर बजार नजिक रहेको सुर्मा साईपाल बचत ऋण सहकारी संस्था लिमिटेडको सेफबाट नगद १ लाख ९७ हजार रूपैयाँ गएराति चोरी भएको छ ।
अज्ञात समूहले सटरको ताला तोडी सेफामा रहेको उक्त नगद चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।
चोरीका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।