जिल्ला प्रहरी कार्यालय महोत्तरीले नक्कली नोटसहित एक जनालाइ पक्राउ गरेको छ । एक हजार दरका ११ वटा नक्कली नोटसहित भारतीय नागरिक रमन कुमारलाइ प्रहरीले पक्राउ गरेको हो ।
जलेश्वर नगरपालिका-३ स्थित मालिबाडाको घुम्ती पसलमा सामान किन्न खोज्दा स्थानीयहरुले नक्कली नोट भएको थाहा पाएपछि उनलाई नियन्त्रणमा लिइएका तिए । कुमार विहारको ग्राम पन्चायतको भएको जनाइएको छ।
भिठ्ठामोड प्रहरी चौकीवाट खटिएको प्रहरीले निजलाइ पक्राउ गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।