धनुषामा आफ्नै घरको आँगनमा खेलिरहेकी एक वर्षीया बालिकाको बाल्टिनमा डुबेर निधन भएको छ ।
जिल्लाको धनुषाधाम नगरपालिका-७ किसनपुर बस्ने सलाहुदिन अन्सारीकी छोरी १ वर्षीया मनु खातुनको आँगनमा राखिएको बाल्टिनको पानिमा डुबेर बिहीबार साँझ मृत्यु भएको हो । आफ्नै घरमा खेलीरहेको अवस्थामा आगँनमा राखिएको बाल्टिनको पानीमा डुबेर बेहोस भएकी उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
विभिन्न समयमा बालबालिकाहरू खेल्ने क्रममा बाल्टिनमा डुबेर निधन भएपछि प्रहरीले सचेतनामुलक कार्यक्रमहरू गर्दै आइरहेको छ ।