नेपालले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराएको छ।
बुधबार घरेलु टोली नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पाहुना टोली युएईलाई तीन विकेटले हराएको हो।
युएईले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि गुल्सन झाले ३७ रन, कुशल भुर्तेलले ३५ रन तथा ज्ञानेन्द्र मल्लले २६ रन जोडे। आरिफ शेखले ३३ रन बनाए।
युएईका रोहन मुस्तफाले ३ तथा हजरत विलाल २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै उक सय ९१ रन बनाको थियो।