नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त गरेको छ । क्यानले शुक्रबार रोहितलाई राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान नियुक्त गरेका जनाएको हो ।
राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने बलात्कार आरोपमा मुद्दा चलिरहेको अवस्थामा रोहितलाई क्यानले कप्तानको जिम्मेवारी दिएको हो ।