पूर्वी नवलपरासीको कावासोती नगरपालिका-६ रिठ्ठेपानीबाट ११ जना जुवाडे पक्राउ परेका छन् ।
स्थानीय संजय सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा संजय सुनारसहित ११ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ४ सय ७० रूपैयाँ र एक बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।