दाङमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । रा१ख २१७५ नम्बरको यात्रुबाहक बसमा रा७प ६१८७ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक घोराही उपमहानगरपालिका-१८ बस्ने वर्ष ४६ को शक्तिराम रोका र सोही मोटरसाइकलमा सवार सोही उपमहानगर-१३ बस्ने बर्ष ३२ को बसन्त केसी घाइते भएका छन् ।
घाइते दुवैलाई उपचारको लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्राफिक प्रहरीका अनुसार घाइतेहरूको अवस्था मध्यम छ ।