सञ्चारकर्मी रवि लामिछानेले आजदेखि आफू राजनीतिमा लागेको घोषणा गरेका छन्। ग्यालेक्सी टेलिभिजनबाट राजीनामा गरेर राजनीतिमा आएको लामिछानेले बताएका हुन् । ग्यालेक्सी फोर के टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रवि लामिछानेले बिहीबारदेखि लागू हुनेगरी टेलिभिजन छोडेका हुन्।
उनले आफू परिस्थितिले राजनीतिज्ञ बनेको बताएका छन्। ‘म रहरले सञ्चारकर्मी भएको हुँ, तर परिस्थितिले राजनीतिज्ञ बनायो। आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु,’ लामिछानेले भनेका छन्।
आउने प्रतिनिधिसभाको निर्वाचनमा लामिछानेले काठमाडौंबाट चुनाव लड्ने तयारी गरिरहेको बताइन्छ । लामो समयदेखि सञ्चारक्षेत्रमा कार्यरत लामिछाने हालसम्म कुनै दलमा आवद्ध छैनन्। यसअघि उनी राप्रपामा आवद्ध हुने चर्चा चलेकाे थियाे।
उनले असार ७ गते १ बजे राष्ट्रिय सभागृहमा एक कार्यक्रम गरेर थप जानकारी दिने बताएका छन् ।
संचार क्षेत्रमा रहेर मैले कसैको ठाँउ लिन खोजिन,बरु आफ्नो अलग्गै ठाँउ बनाउने कोशिस गरे।अब म आफ्नो आवाजलाई TV बाट संसदमा पुर्याउन चाहन्छु।म रहरले संचारकर्मी भएको हु,तर परिस्थीतिले मलाई राजनीतिज्ञ बनायो।आजबाट म पुर्णकालीन राजनीतिमा आएको छु।बाँकि असार ७ गते, १ बजे राष्ट्रिय सभागृह। pic.twitter.com/IIX8GOIKZf
— Rabi Lamichhane (@hamrorabi) June 16, 2022