वैशाख ३० गते सम्पन्न भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुँदै गर्दा सभागृहमा बालेनका समर्थकहरूको घुइँचो लागेको छ ।
मतगणना जारी रहेको काठमाडौंको सभागृहमा सयौँको सङ्ख्यामा लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार बालेनका समर्थकहरूको भिड लागेको हो ।
निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी भैरहेको बुझिएको छ । सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरूलाई फराकिलो मतान्तरले पराजित गर्दै बालेन विजयी हुनेछन् ।
सभागृह अगाडि रहेको सडक बालेका समर्थकले भरिएको छ ।
हेरौं तस्बिरहरू